चितवनमा डेंगु संक्रमितको संख्या २ हजार नाघेको छ

By Raj Shrestha

0
146
चितवनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

कार्यालयले चालु आर्थिक वर्षमा असोज ७ गतेसम्म २ हजार १६४ जनामा ​​डेङ्गुको संक्रमण पुष्टि भएको जनाएको छ । यस अवधिमा आठ हजार ८५३ नमूनामा डेंगु परीक्षण गरिएको थियो भने त्यसमध्ये २ हजार १६४ नमूनामा डेंगु पोजेटिभ देखिएको थियो ।

तीमध्ये १ हजार ४ सय ५१ चितवन जिल्लाका छन् भने बाँकी बाहिरका जिल्लाका छन् । १ हजार ४ सय ५१ जनामा ​​८२२ पुरुष र ६२९ महिला छन् । ४५४ डेंगुका बिरामी बाहिरी जिल्लाका रहेका छन् भने २५९ जनाको नाम ठेगाना खुल्न नसकेको बताइएको छ ।

यस अवधिमा चितवन जिल्लामा डेंगुका कारण तीन जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
  
जिल्लाका सात स्थानीय तहमध्ये भरतपुर महानगरपालिकामा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । भरतपुरमा ५५९ पुरुष र ४१९ महिला गरी ९७८ जनामा ​​डेंगुको संक्रमण पुष्टि भएको छ ।

त्यस्तै खैरहनी नगरपालिकामा १२४, माडीमा २८, रत्ननगरमा १९७, राप्तीमा ७९, कालिका नगरपालिकामा ३७ र इच्छाकामना गाउँपालिकामा आठ जनामा ​​डेङ्गुको सङ्क्रमण देखिएको छ ।

#worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here