काठमाडौंको बागबजारमा रहेको पाँच तले घरको झ्यालबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा घरधनी नानीदेवी महर्जनकी छोरी रियासा रहेको छ । घटना आइतबार राति भएको हो । उनको आज बिहान काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । प्रहरी वृत्त कमलपोखरीले घटनाको अनुसन्धान सुरु गरेको उनले बताए । #worldwidekhabar
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400