यस बर्षको चैत्यदेवी सिंह पुरस्कार महजोडीलाई प्रदान

0
434

यस बर्षको चैत्यदेवी सिंह पुरस्कार महजोडीलाई प्रदान गरिएको छ । भुवन चैत्य बसुन्धरा फाउण्डेसनले अर्पण गर्ने यस बर्षको चैत्यदेवी सिंह पुरस्कार महजोडीलाई प्रदान गरिएको हो । ५१ हजार राशिसहितको उक्त पुरस्कार आज राजधानीमा एक कार्यक्रमबीच प्रदान गरिएको थियो ।

फाउन्डेसनकी अध्यक्ष बसुन्धरा भुसालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विशिष्ट अतिथि नेपाल चलचित्र कलाकार सङ्घ काअध्यक्ष रविन्द्र खड्कालगायत फाउन्डसेनका सम्पूर्ण कार्यसमिति र सञ्चारकर्मीबीच सामाजिक दुराी कायम गर्दै गरिएको कार्यक्रमा प्रदान गरिएको थियो ।

कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण बढीरहेको अबस्था भएकाले पुरस्कार अर्पणको कार्यक्रम ठूलो जमघट नगरी आयोजना गरिएको थियो । महजोडीलाई कलाकार सङ्घका अध्यक्ष रविन्द्र खड्काले रुद्राक्षको माला लगाइदिनुभएको थियो भने भुवन–हरिष चन्दले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

केहीदिन अगाडि मात्र ५ दशकदेखि नेपाली चलचित्र र रङ्गमञ्चमा अनवरत रूपमा कार्यरत विशिष्ट रङ्गकर्मी तथा चरित्र अभिनेत्री शकुन्तला शर्मालाई चेतनारायण बसुन्धरा भुसाल पुरस्कार र ६ दशक भन्दा बढी समयदेखि नेपाली रङ्गमञ्च तथा नृत्य निर्देशनको क्षेत्रमा कार्यरत भैरबबहादुर थापालाई हरिश भुवन चन्द पुरस्कार अर्पण गरिएको थियो । दुबै पुरस्कार राशी जनही एकाउन्न हजार रहेको थियो ।

फाउन्डेसनले स्थापना बर्षको पुरस्कार गतबर्ष चलचित्र बिकाश बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याण कोषलाई एकलाख त्रिपन्नहजार रूपैया अर्पण गरिएको थियो । पुरस्कार अर्पणको कार्यक्रममा फाउण्डेसनका सचिव मोहन निरौला, सदस्य पुष्कर लामा, अञ्जु रन्जीतकार र निर्देशक सम्झना उप्रेती सहभागी हुनुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here