लोकतन्त्रका लागि सत्तारुढ गठबन्धन आवश्यक रहेको मन्त्री कार्कीले बताउनुभयो

0
59
इनरुवा–४ मा वाम लोकतान्त्रिक गठबन्धनको संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्की ।
सरकारको प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री डा रावले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारुढ दलको गठबन्धनबाट प्रतिनिधित्व गर्ने उम्मेदवारलाई मतदान गर्न आह्वान गरेका छन् ।

आज इनरुवा–४ मा वाम लोकतान्त्रिक गठबन्धनको संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराउनका लागि कार्यकर्तालाई निर्देशन दिए ।

आगामी मङ्सिर २० गते एकैसाथ हुन लागेको दोहोरो निर्वाचनको मतदानमा जनतामाझ पुगेर गठबन्धनलाई समर्थन गर्ने कारण बुझाउन उनले आग्रह गरे ।

गठबन्धनको आवश्यकता राष्ट्रमा सान्दर्भिक रहेको र निर्वाचनपछि पनि बहुमतको सरकार चल्ने दाबी गर्न मन्त्रीले समय लगाए । उनले निर्वाचनमा सत्तारुढ गठबन्धनले दुई तिहाइ बहुमत ल्याउनेमा आफू विश्वस्त रहेको बताए ।

सुनसरी–४ बाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार रहेका मन्त्री भट्टराईले अघिल्लो निर्वाचनमा गरेका प्रतिबद्धता ८० प्रतिशत पूरा भएको बताए ।

उनले लोकतन्त्र र संविधानको रक्षा र स्थायित्व र समृद्धिको बाटोमा मुलुक अघि बढेको देख्न गठबन्धनलाई निर्वाचनपछि पनि सरकार चलाउने अवसर दिनुपर्नेमा जोड दिए ।

#worldwidekhabar 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here