नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डीन रिचर्ड थम्पसनले आज बिहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्ध, नेपाली राजनीति र आर्थिक विकासका विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । पूर्वप्रधानमन्त्रीले नेपाललाई सहयोग गरेकोमा अमेरिका र त्यहाँका जनताप्रति कृतज्ञता व्यक्त गरे । अमेरिकी राजदूत थम्पसनले नेपाललाई दिगो र समावेशी आर्थिक विकासका लागि अमेरिकाले सहयोग जारी राख्ने आश्वासन दिएका छन् । उनले आफ्नो कार्यकालमा नेपालसँगको ७५ वर्ष पुरानो सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे । #worldwidekhabar
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400