बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले अन्तिम फैसला नभएसम्मका लागि थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई थुनामा राख्न आदेश दिएको काठमाडौं जिल्ला अदालतका प्रवक्ता दीपक दाहालले जानकारी दिए । अदालतको आदेशपछि उनलाई जगन्नाथदेवल कारागार पठाइएको छ । उनीमाथि साउन २१ गते काठमाडौंस्थित एक होटलको कोठामा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । #worldwidekhabar
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400