घोडेपानीमा घोडा दौड (फोटो फिचर)

0
55
म्याग्दी जिल्लाको पर्यटकीयस्थल घोडेपानीमा तेस्रो घोडदौड प्रतियोगिता आयोजना भएको छ ।

स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा घोडा दौडको आयोजना गरिएको छ ।

प्रतियोगितामा १६ वटा घोडसवारको सहभागिता रहेको थियो ।

प्रतियोगितामा अन्नपूर्ण गाउँपालिका चुइलेका हितमान गुरुङ प्रथम भए ।

गुरुङको घोडाले घोप्टेखरादेखि अन्नपूर्ण गाउँपालिका–५ घोडेपानीसम्मको ७ दशमलव ५ किलोमिटरको दुरी २५ मिनेट ३८ सेकेण्डमा पूरा गरी प्रथम भएको घोडेपानी क्षेत्र सुधार समितिका अध्यक्ष वीरेन गर्बुजा पुनले जानकारी दिए ।

त्यसैगरी घोडेपानीका यम पुन २५ मिनेट ३८ सेकेण्डमा दुरी पूरा गर्दै दोस्रो भए । कास्कीको छोमरोङका सुमित गुरुङ २६ मिनेट ५४ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो भए ।

#worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here