कर्णाली प्रदेशमा पहिलो पटक खाद्य तथा दूध परीक्षण प्रयोगशाला सञ्चालनमा आएको छ । प्रदेशमा खाद्यान्न तथा अन्य दैनिक उपभोग्य वस्तुको गुणस्तर परीक्षण गर्न नमूना परीक्षण गर्न सुर्खेतमा प्रयोगशाला स्थापना गरिएको हो । यसअघि नमुना परीक्षणका लागि काठमाडौं पठाउनुपर्ने थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले साढे पाँच महिनाअघि प्रयोगशाला सञ्चालनमा ल्याएको थियो । कार्यालयका निमित्त प्रमुख भेषबहादुर थापाले प्रयोगशाला सञ्चालनमा आएपछि खाद्यान्नको गुणस्तर परीक्षण गर्न सहज भएको बताए । उनले भने, ‘अहिलेसम्म दूध, खाना पकाउने तेल र तरकारीको ९६ वटा नमूना परीक्षण गरिसकेका छौँ । यसले गुणस्तरीय खाना प्रयोग गर्ने नागरिकको अधिकार सुनिश्चित गरेको छ ।” ल्याब स्थापना भएपछि खाद्यान्नको गुणस्तरबारे नागरिकका गुनासो सम्बोधन भइरहेको उनले बताए । प्रयोगशालाले जनशक्तिको संकट झेल्दै आएको छ । ल्याबमा २१ जना कर्मचारीको कोटा भए पनि हाल ८ जना मात्रै कार्यरत छन् । त्यस्तै कार्यालयले बजार अनुगमनलाई तीव्रता दिएको छ । साउन १७ देखि अक्टोबर १७ सम्म २४८ पटक बजार अनुगमन गरेको छ । #worldwidekhabar
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400