राष्ट्रपति विद्यादेवी भण्डारी ६ दिने आइसल्याण्डको औपचारिक भ्रमणका लागि आज साँझ यहाँ प्रस्थान गरेकी छन् । राष्ट्रपति भण्डारी आइसल्याण्डको रेक्जाभिकमा ८-१० नोभेम्बर २०२२ मा आयोजना हुने रेक्जाभिक ग्लोबल फोरम–महिला नेताहरूमा भाग लिने कार्यक्रम छ। यो फोरम आइसल्याण्ड सरकार र आइसल्याण्डको संसदले महिला राजनीतिक नेताहरू (WPL) को सह-आयोजना गरेको छ। राष्ट्रपतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिदाइ गरेका थिए । यसअघि नेपाली सेनाको ब्याण्डले राष्ट्रपतिलाई सलामी अर्पण गरेको थियो । महिला राजनीतिक नेतृत्व (डब्ल्यूपीएल) ले यस वर्ष राष्ट्रपति भण्डारीलाई प्रतिष्ठित डब्ल्यूपीएल ट्रेलब्लेजर अवार्ड दिने निर्णय गरेको छ । राष्ट्रपति भण्डारीले अवार्ड ग्रहण गर्नुका साथै स्वीकृति मन्तव्य दिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपतिले मञ्चमा मुख्य मन्तव्य पनि दिनेछन् । राष्ट्रपतिका साथमा राष्ट्रपतिकी छोरी उषाकिरण भण्डारी, परराष्ट्र सचिव भरतराज पौड्याललगायत अन्य उच्चपदस्थ अधिकारी सहभागी छन् । राष्ट्रपति मंसिर १२ गते स्वदेश फर्कने कार्यक्रम छ । #worldwidekhabar
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400