समृद्धि चाहने जनताको भोट पाउनेमा सिटौला विश्वस्त छन्

0
51
नेपाली काँग्रेसका नेता तथा झापा क्षेत्र नं ३ बाट प्रतिनिधिसभाका उम्मेदवार कृष्णप्रसाद सिटौलाले विकास र समृद्धि चाहने जनताको भोट लिने बताउनुभएको छ ।

सोमबार भद्रपुरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सिटौलाले यसपटकको निर्वाचनमा विकास र समृद्धि चाहनेले आफूलाई भोट हाल्ने बताए । उनले भने, ‘यो निर्वाचनमा लोकतन्त्रको पक्षमा रहेका दलले जित्नेछन् ।

संविधानको वास्तविक कार्यान्वयन हुन बाँकी रहेको भन्दै कांग्रेस नेताले भने, ‘गठबन्धन सरकारले संविधानको पूर्ण कार्यान्वयनसँगै मुलुकमा लोकतान्त्रिक समाजवाद स्थापना गर्नेछ ।

"सत्ता गठबन्धनले राम्रो प्रदर्शन गरेको छ, त्यसैले चुनाव जित्छ। हाम्रो जित निश्चित छ," उनले भने।

#worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here