अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थिर सरकारले मात्रै विकास र समृद्धिको सुनिश्चितता गर्ने बताउनुभएको छ । सोमबार बागलुङको बुर्तिबाङमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार गठनका लागि बलियो बल हुनुपर्ने बताए । कमजोर सरकार भए राष्ट्र निर्माणको प्रक्रिया अघि बढ्न नसक्ने ओलीको धारणा थियो । एउटै दलको शक्तिशाली सरकारले जनताको चाहनाअनुसार विकासका काम गर्न सक्ने ओलीले बताए । आगामी निर्वाचन राष्ट्रको भविष्यसँग जोडिएको तर्क गर्दै ओलीले जनताको आकांक्षा पूरा गर्ने एमाले मात्रै पार्टी भएको र पार्टीले जनताको चासो बुझेको बताए । सो अवसरमा ओलीले आफ्नो पार्टी एकताबद्ध रहेको र एमालेमा गुटबन्दी नभएको दाबी गर्दै असन्तुष्ट नेताहरु एमालेबाट बाहिरिएकोमा सन्तुष्टि व्यक्त गरे । ओलीले मंसिर ४ को निर्वाचनपछि एमाले नेतृत्वको सरकार बनेपछि गुमेको नेपालको भूमि फिर्ता लिने प्रतिबद्धता दोहोर्याए। र्यालीमा बाग्लुङका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुले पनि सम्बोधन गरेका थिए । #worldwidekhabar
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400