मुगुबाट सुर्खेत जाँदै गरेको जीप आज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको तिलागुफा–५ खल्लागडमा भे १ च ४४१२ नम्बरको जीप दुर्घटना भएको हो । अन्य सात जना घाइते भएका छन् । मृत्यु हुनेमा मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय सुदर्शन सेजुवाल रहेको कालीकोटका प्रहरी प्रमुख जयेश्वर रिमालले जानकारी दिए । एक जनाको घटनास्थलमै र दुई जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइतेहरुको जुम्लाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । #worldwidekhabar
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400