बायोग्यास प्रवद्र्धनका लागि सरकारी–निजी क्षेत्रको सहकार्यमा जोड

0
69
मैत्रीपूर्ण नीति र कार्यविधिको अभावमा देशमा बायोग्यासको प्रवद्र्धन उत्साहजनक हुन सकेको छैन ।

देशमा बायोग्यास प्रविधिको प्रवद्र्धनमा निजी क्षेत्रको अग्रणी भूमिका रहे पनि समयसापेक्ष अनुदान नीतिमा परिमार्जन नहुँदा र निजी क्षेत्रमैत्री नीति तथा कार्यविधि नहुँदा अपेक्षित नतिजा दिन बाधा परेको सरोकारवालाको दाबी छ । ।

नेपाल बायोग्यास प्रवर्द्धन संघ (एनबीपीए)को २६औँ वार्षिक साधारणसभाका अवसरमा हालै यहाँ आयोजित कार्यक्रममा सहभागीहरुले बायोग्यासलाई विपन्न, सीमान्तकृत र पिछडिएका समुदायको पहुँचमा पु¥याउन निजी क्षेत्रलाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।

देशमा हालसम्म घरेलु प्रयोगका लागि करिब ४ लाख ५० हजार बायोग्यास प्लान्ट स्थापना भई यहाँ करिब १५ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् भने २० हजारले अप्रत्यक्ष र अंशकालिक रोजगारी सृजना गरेका छन् ।

कार्यक्रममा सहभागीहरुले घरायसी प्रयोजनका लागि बायोग्यासको प्रयोग खाना पकाउने इन्धनको भरपर्दो र सुरक्षित स्रोत मात्र नभई कार्बन व्यापारबाट आम्दानीको राम्रो स्रोत भएको बताए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेले नेपालमा नवीकरणीय ऊर्जाको स्रोतका रूपमा बायोग्यासले लामो इतिहास बोकेको र यसले वातावरण संरक्षण र इन्धन आयातमा निर्भरता घटाउन योगदान पु¥याएको बताए ।

उनका अनुसार बायोग्यास प्रविधिको थप प्रवद्र्धनका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा मधुसूदन अधिकारीले सरकारले गरिबलाई बायोग्यास प्रविधिमा पहुँच पु¥याउन अनुदान र सहुलियत कर्जाको व्यवस्था गरेको बताए । हरितगृह ग्यासको प्रभाव र ग्लोबल वार्मिङ कम गर्न स्वच्छ ऊर्जाको प्रयोगमा सरकारको ध्यान केन्द्रित छ । नेपालले बायोग्यास प्रविधिबाट कार्बन व्यापार सुरु गरिसकेको र यसको बजार विस्तार हुँदै गएको उनको भनाइ छ ।

संघका अध्यक्ष प्रकाशचन्द्र सुवेदीले बायोग्यास क्षेत्रमा कार्यरत निजी कम्पनीको वार्षिक ५० हजारभन्दा बढी बायोग्यास प्लान्ट जडान गर्ने क्षमता भए पनि सरकारले अनुदानको व्यवस्था र उत्पादनमा ध्यान नदिएकोले यो संख्यामा प्लान्ट स्थापना हुन नसकेको बताए । विदेश गएकाको ठाउँमा बायोग्यास प्राविधिक थप।

सरकारले यो आर्थिक वर्षको बजेटमा १० हजार बायोग्यास प्लान्टमा मात्रै अनुदानको व्यवस्था गरेकोमा असन्तुष्टि जनाउँदै उनले यस प्रविधिमा विपन्न वर्गको पहुँच बढाउन थप अनुदान र धितोरहित ऋण उपलब्ध गराउन आग्रह गरे । सुवेदीले उपयुक्त प्रविधि अपनाउन पनि आग्रह गरे ।

नवीकरणीय ऊर्जा महासंघ नेपालका अध्यक्ष गुणराज ढकालले बायोग्यास प्रविधिको महत्व माथि प्रकाश पार्दै स्वच्छ ऊर्जा उत्पादन गरी आयातित इन्धनमाथिको निर्भरता घटाएर जैविक मल उत्पादनमा टेवा पुग्ने बताए । उनले राज्यको विस्तार र विकासमा ध्यान दिनुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनको असरसँग जुध्न विश्वभर हरित अर्थतन्त्रको बढ्दो महत्वका सन्दर्भमा राज्यले बायोग्यासका रूपमा स्वच्छ ऊर्जा प्रविधिमा विशेष प्रोत्साहन र अनुदान दिनुपर्ने बताए । ।

विश्वव्यापी ऊर्जा सङ्कटको सहज समाधान मानिने बायोग्यास प्रविधिको प्रवद्र्धन गरी एलपी ग्यासमाथिको निर्भरता कम गर्न सकिए लाखौं विदेश जानबाट जोगाउने सम्भावना छ ।

प्रत्येक बायोग्यास प्लान्टमा वार्षिक करिब दुई टन प्राङ्गारिक मल उत्पादन गर्न सकिने भएकाले बायोग्यासको प्रयोगले रासायनिक मलमाथिको निर्भरता केही हदसम्म घटाउन सहयोग गरेको जानकारी दिनुभयो ।

हाल देशमा बायोग्यास प्रविधिको उत्पादन र स्थापनाका लागि १५० भन्दा बढी कम्पनी र कार्यशालाहरू कार्यरत छन्। बायोगास एण्ड एग्रिकल्चरल इम्प्लिमेन्ट्स डेभलपमेन्ट प्रालिको स्थापना आर्थिक वर्ष २०३३/३४ मा भएको थियो ।

#worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here