प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले झुलाघाटमा पुल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘सुदूरपश्चिम प्रदेशको विकास मेरो प्राथमिकतामा छ,’ उनले भने । बुधबार पाटनमा लोकतान्त्रिक वाम गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले पश्चिम सेती, पञ्चेश्वर आयोजना, झुलाघाटको मोटरेबल सडक, मध्यपहाडी लोकमार्ग, पाटन नमुना सहरको काम सकिएपछि विकास र निर्माण हुने दाबी गरे । सुदूरपश्चिममा रोजगारी मिल्नेछ । "झुलाघाटमा मोटरेबल सडक अपरिहार्य छ, म यसबारे भारतीय प्रधानमन्त्रीसँग कुरा गर्छु र जुनसुकै मूल्यमा झुलाघाटको महाकाली नदीमा पुल निर्माण गर्छु।" पश्चिम सेती आयोजना अगाडि बढाइएको उनले जानकारी दिए । यो सम्पन्न भएपछि सुदूरपश्चिम प्रदेशको विकासमा टेवा पुग्नेछ । देउवाले देशको आवश्यकताका आधारमा चुनावी गठबन्धन बनेको स्पष्ट गर्दै गठबन्धनका उम्मेदवारलाई जिताउन जनतालाई अपिल गरे । उनका अनुसार मुलुकको सन्तुलित विकासका लागि संघीयता आवश्यक छ । ओलीलाई किन बहुमत : प्रचण्ड अचम्म ! सो अवसरमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक क्रान्तिका लागि मुलुकलाई मंसिर २० पछि पनि सत्तारुढ गठबन्धन आवश्यक रहेको बताए । जनताको आवश्यकता अनुरुप गठबन्धनले काम गर्ने बताउँदै उनले लोकतन्त्र निर्वाचनबाट जित्नुपर्ने बताए । द्वन्द्वकालमा देउवासँग भएको टेलिफोन वार्ताको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘शान्ति प्रक्रियालाई आत्मसात गर्ने र अगाडि बढाउने कुरा भएकाले काँग्रेस–माओवादीबीच सहकार्य सुरु भएको हो । उनले ओली नेतृत्वको सरकारले दुई तिहाइ बहुमतले संविधानको दस्तावेज च्यातिएको आरोप लगाए । ‘दुईपटक संसद विघटन गर्ने एमालेका अध्यक्ष केपी ओली अहिले बहुमतको भोटको लालसामा छन्, उनलाई किन बहुमत चाहियो ? संविधान भत्काउन किन भोट हाल्ने ?,’ उनले भने । अध्यक्ष प्रचण्डले सुदूरपश्चिमका जनताको जीवनस्तर उकास्न सरकार लागेको भन्दै प्रधानमन्त्री देउवालाई समर्थन गरे । बैतडीमा माओवादी केन्द्र र एकीकृत समाजवादी चुनावी मैदानमा छन् । #worldwidekhabar
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400