उपराष्ट्रपति नन्दबहादुर पुनले डोटीलाई केन्द्रविन्दु बनाएर मंगलबार गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उपराष्ट्रपति पुनले भूकम्पमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । उपराष्ट्रपतिले भूकम्प पीडितको उपचारका साथै खाना र बासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । उपराष्ट्रपति पुनका प्रेस संयोजक मनोज घर्तीमगरले भूकम्पलगायत सम्भावित प्राकृतिक प्रकोपबाट बच्न र प्राकृतिक प्रकोपबाट हुने क्षतिलाई न्यूनीकरण गर्नका लागि पूर्वतयारीतर्फ पनि उपराष्ट्रपति पुनले सरकारको ध्यानाकर्षण गराएको बताए । #worldwidekhabar
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400