संगीतकार सुरेन्द्र श्रेष्ठको संगीतमा भ्वाइस प्रतियोगी निभा डंगोलको स्वरमा तथा विश्वास बज्राचार्यको रचना तथा निर्देशन रहेको नेपाल भाषाको गीत सचिका चिना सप हिना निकै चर्चित हुदैंछ। यस गीतलाई सुर मेलोडी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो।
यस गीतका एरेन्जर जीभित जाल्मी हुन्। अडियो टचअप्/ KPOP भर्जन एरेन्ज भने फिरोज बज्राचार्यले गरेका हुन्। यस गीतमा कलाकारको भूमिका भने निभा डंगोल,मिस नेवा वोर्ल्ड न्यान्सी महर्जन,बिना महर्जन,प्रेम माया डंगोल,निरज प्रधान,श्वेता शाक्य,युनिष थापा,शोभन बज्राचार्य,सिजल महर्जन,रेजिश्ना खति,इन्द्रेणी कुलुंग,कृषा मगरले खेलेका छन् साथै चाईल्ड आर्टिस्टको भूमिका बोधी बज्राचार्यले खेलेका छन्।
#worldwidekhabar