प्रतिगमनको धम्की नआएसम्म पाँच दलीय गठबन्धन जारी रहने प्रचण्डको भनाइ

0
47
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा स्थायित्व र विकासका लागि गठबन्धन बनेको भन्दै प्रतिगमनको जोखिम नरहँदासम्म पाँच दलको अहिलेको गठबन्धन जारी रहने बताउनुभएको छ ।

वाम लोकतान्त्रिक गठबन्धनले शनिबार चितवनमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले विद्यमान गठबन्धन प्रतिगमनका विरुद्ध बनेको दोहोर्‍याए ।

संविधान र गणतन्त्रको रक्षाका लागि गठबन्धन बनेको बताउँदै माओवादी केन्द्रका अध्यक्षले गठबन्धनका उम्मेदवार विजयी भएपछि राजनीतिक विघटन गर्न खोज्ने प्रतिगामी शक्ति पराजित हुने बताए ।

आगामी निर्वाचनलाई जनमतसंग्रहको संज्ञा दिँदै प्रचण्डले यो समय प्रगति वा प्रतिगमन गरी भोट हाल्ने समय भएको तर्क गरे ।

सो अवसरमा प्रचण्डले गठबन्धनले भारी बहुमत ल्याउने दाबी गरे ।

संविधानमा हस्ताक्षर गर्ने दलले नै आक्रमण गरेको दाहालको भनाइ थियो ।

सो अवसरमा उनले गत निर्वाचनमा विजयी भएपछि चितवनमा विकासको मोडल बाँड्ने अवसर पाएको बताउँदै चितवनमा धेरै योजनाहरु कार्यान्वयनमा आएको बताए ।

त्यस्तै उनले आफ्नो बाँकी जीवन जनताको विकास र आर्थिक समृद्धिका लागि रहेको बताए ।

त्यस्तै चुनावी सभामा बोल्दै नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष केशवलाल श्रेष्ठले गठबन्धनमा रहेका दलहरूलाई इमान्दार हुन आह्वान गरे ।

राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले स्थायी सरकार र राष्ट्रको समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभयो ।

त्यसैगरी नेपाली कांग्रेसका उपमहामन्त्री डिला संग्रौलाले महिला विभेदकारी कानुन परिमार्जन गर्ने प्रतिबद्धता जनाइन् ।

वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु निर्वाचन क्षेत्र नं. १ बाट डा विश्वनाथ पौडेल, उमेश श्रेष्ठ निर्वाचन क्षेत्र नं. २ र डा भोजराज अधिकारी निर्वाचन क्षेत्र नं. ३ मा चुनावी सभालाई सम्बोधन गर्दै देशमा शान्ति र समृद्धिका लागि काम गर्ने वाचा गरे ।

#worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here