नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नवलपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. १, डा शशांक कोइरालाले भृकुटी पेपर मिल र मजदुरको समस्या निर्वाचनपछि समाधान हुने बताएका छन् । गण्डकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले मुलुकको सबैभन्दा ठूलो कागज कारखाना भृकुटी पेपर मिलको समस्या निर्वाचनपछि छिट्टै समाधान हुने बताए । नेता कोइरालाले भृकुटी पेपर मिलको जग्गा सरकारको स्वामित्वमा फिर्ता गर्न सुझाव दिएको उद्योगको समस्याबारे सरकारलाई सुझाव दिन समिति गठन गरिएको जानकारी दिए । निजीकरण भएको ३१ वर्षपछि सरकारले मिल रहेको जग्गा फिर्ता लिन खोजेको छ । स्थानीयसँग छलफल गरेर जग्गा प्रयोगमा ल्याइने उनले बताए । सो अवसरमा उनले राजनीतिक स्थायित्वका लागि बहुमत आवश्यक रहेको बताउँदै पार्टीले बहुमत ल्याए स्थायित्वका साथ विकासलाई अगाडि बढाउने बताए । चौथो पटक नवलपुरका जनताको प्रतिनिधित्व गर्न आफू अगाडि आएको उल्लेख गर्दै नेता कोइरालाले विगतका कार्यकाल संविधान निर्माण र कार्यान्वयनको काममा खर्चिँदै आएको र अब सामाजिक–आर्थिक रुपान्तरणमा केन्द्रित हुने बताए । #worldwidekhabar
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400