अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट संविधान रक्षक र संविधान विरोधी शक्तिबीचको लडाइको फैसला जनताले दिने बताएका छन् । आइतबार गोरखाको शहीद लखन थापा गाउँपालिकाको धैरुङमा चुनावी सभालाई सम्बोधन गर्दै सत्तारुढ पाँच दलीय गठबन्धनका गोरखा–२ बाट प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका प्रचण्डले जनताले वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई भोट दिने बताए । संविधानको रक्षा गर्न । “केपी ओलीले संविधान विरोधी र गणतन्त्र विरोधी शक्ति सम्मिलित गठबन्धनको नेतृत्व गरेका छन् । अबको गठबन्धनको नेतृत्व म र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने हो जसले संविधानको रक्षा गरेको छ । संविधान विरोधी शक्तिलाई आगामी निर्वाचनमा पराजित गर्नुपर्छ,’ उनले भने । सो अवसरमा प्रचण्डले राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी जलविद्युत निर्माणमा आफ्नो ध्यान केन्द्रित भएको बताए । यसका लागि आवश्यक पहल गर्नेछु,’ उनले भने । दाहालले आफू गोरखाबाट जिल्लाको सर्वाङ्गीण विकासका लागि निर्वाचन क्षेत्र नभई चुनाव लडेको बताए । त्यसैगरी, गोरखा–१ बाट वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राजेन्द्र बजगाईंले उत्तरी गोरखाको विकासको गति रोकिएको भन्दै आफ्नो निर्वाचन क्षेत्रका विकास आयोजनालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । #worldwidekhabar
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400