पश्चिमी वायुको प्रभावले आगामी दुई–तीन दिन हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले भोलि, सोमबार र मंगलबार हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाका मौसमविद् हीरा भट्टराईले बताइन् । ‘हिमपातका कारण पारा झर्ने भएकाले चिसो बढ्ने र यसले जनजीवनमा सामान्य असर पर्न सक्छ’, उनले भनिन्, ‘आज साँझदेखि मौसममा केही असर पर्ने भए पनि पश्चिम भेगमा यसको बढी प्रभाव पर्नेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा र हिमपातको सम्भावना बढी छ । त्यसैगरी प्रदेश नं १, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज प्रदेश नं १ का पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यसैगरी आज राति गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । भोलि पनि प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । भोलि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । #worldwidekhabar
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400