नेपालले पहिलो पटक 2027 आईसीसी यू-19 महिला टी-२० विश्वकपको सह-आयोजन गर्दैछ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का अनुसार नेपाल र बंगलादेशले संयुक्त रुपमा विश्वकप आयोजना गर्ने भएका छन् । त्यस्तै आईसीसी बोर्डले मलेसिया र थाइल्याण्डलाई सन् २०२५ को विश्वकप संयुक्त रुपमा आयोजना गर्न स्वीकृत गरेको छ । २०२४ को ICC U19 पुरुष क्रिकेट विश्वकप श्रीलंकाले आयोजना गर्ने छ भने 2026 को विश्वकप जिम्बावे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्नेछ। नेपाललाई विश्वकपको सहआयोजकको यो अवसरले क्रिकेटको पूर्वाधार विकास र खेलको गुणस्तर उकास्न सहयोग पुग्ने नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बताए । आगामी दिनमा पनि नेपालले यस्ता अवसर पाउन सक्ने बताउँदै उनले महोत्सवलाई सफल बनाउन सक्दो पहल गरिने बताए । कार्यक्रमका लागि क्यानले पूर्वाधार विकासका लागि सरकारसँग छलफल गर्ने उनले बताए । #worldwidekhabar
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400