प्रतिगमन नभएसम्म गठबन्धन जारी रहनेः प्रचण्ड

0
111
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमन नभएसम्म वाम लोकतान्त्रिक गठबन्धन जारी रहने दावी गरेका छन् ।

गोरखाको पालुङटार नगरपालिकामा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै दाहालले नेपाली काँग्रेस र माओवादी शान्ति सम्झौताका वार्ताकार भएकाले शान्ति, संविधानको संरक्षण र आर्थिक क्रान्तिका लागि गठबन्धन प्रमुख आवश्यकता भएको बताए । ‘शान्ति र संविधानले जोखिम नदिएसम्म गठबन्धन कायम रहनेछ’, उनले भने, ‘पाँच वर्ष मात्र नभई १५ वर्षसम्म चल्न सक्छ,’ उनले भने ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्षले कांग्रेस र माओवादीकै कारण मुलुकमा शान्ति र संविधान सम्भव भएको बताउँदै माओवादी र कांग्रेसको नेतृत्वमा गठबन्धनले आर्थिक क्रान्ति गर्ने बताए ।

उनले थपे, "विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर नभए देशको सार्वभौमसत्ता खतरामा पर्न सक्छ, त्यसैले कांग्रेस र माओवादी मिलेर हस्ताक्षर गरे।"

अध्यक्ष दाहालले जिल्लामा कृषिको आधुनिकीकरण र व्यवसायीकरण र पर्यटन उद्योगको प्रवद्र्धन गर्न सकिने बताउँदै गोरखाबाट आर्थिक समृद्धिको अभियान थाल्ने अपार सम्भावना रहेको बताए ।

#worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here