अध्यक्ष केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउने शक्ति एमालेमा मात्रै रहेको बताउनुभएको छ । सोमबार सिन्धुलीको दुधौलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुखी नेपाली, समृद्ध नेपाल निर्माणको सपना साकार पार्न नेकपा (एमाले) लाई भोट हाल्न सबैमा अपिल गरे । उहाँले एमालेको सरकारले विकासको अभियानमा देशको नेतृत्व गर्न र सुखी नेपाली, समृद्ध नेपाल निर्माण गर्न आवश्यक रहेको औंल्याउनुभयो । ‘पार्टीले जारी गरेको घोषणापत्र पूरा गर्न हामी तयार छौं, सिन्धुलीका एमालेका उम्मेदवार चुनावमा विजयी भए सिन्धुली र देशको विकास हुन्छ, तपाईको एक भोटले देशको विकासमा टेवा पुग्छ’, ओलीले भने । #worldwidekhabar
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400