देशको अग्रणी निजी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल (प्रिया)बाट भारतका लागि तीन उडान गर्ने भएको छ । भारतका तीन सहरहरू (वाराणसी वा बनारस, नयाँ दिल्ली र देहरादुन) मा उडानहरू जनवरी २०२३ देखि सञ्चालन हुने कम्पनीले जनाएको छ। "नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले यो विमानस्थल जनवरी २०२३ देखि सञ्चालनमा आउने बताएको छ। एयरले पहिलो पटक पोखरा-बनारस-पोखरा उडान यस विमानस्थलबाट सञ्चालन गर्नेछ," कम्पनीका एक अधिकारीले भने। पोखरा–बनारस–पोखरा उडान हप्तामा आइतवार, मंगलबार र बिहीबार तीन दिन उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीको भनाइअनुसार सरकारले भारतबाट हवाई ट्राफिक रुटका लागि पहल गरिरहेको छ र भारत सरकारबाट रुट र स्लट स्वीकृति लिएपछि पोखरा–दिल्ली–पोखरा रुटमा दैनिक दुईवटा उडान हुनेछन् । । कम्पनीले पोखरा–देहरादुन–पोखरा रुटमा तीन उडान गर्ने निर्णय गरेको छ । अहिले बुद्ध एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं–बनारस उडान सुनिश्चित गरेको छ । #worldwidekhabar
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400