आज भएको एकदिवसीय क्रिकेटमा नेपाल युएईसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल युएईसँग ८४ रनले पराजित भएको हो । पाहुना टोलीले दिएको २६४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १७९ रन मात्रै जोडेको थियो । दीपेन्द्र सिंह ऐरी र अर्जुन साउदले क्रमशः ५४ र ५१ रन बनाए । यो साउदका लागि डेब्यू एकदिवसीय अन्तर्राष्ट्रिय खेल थियो। नेपाली टोलीका लागि अर्का उल्लेखनीय योगदानकर्ता गुलसन झा १९ रनमा अविजित रहे । युएईका लागि अफजल खानले ४, बसिल हमिदले २ तथा जाहोर खान, रोहन मुस्तफा र अहमद राजाले एक एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनाएको थियो । युएईका लागि रोहन मुस्तफाले सर्वाधिक ५३ रन बनाए भने मोहम्मद वासिमले ४४ रन बनाए । त्यसैगरी वृत्त अरविन्दले ४० रन, अलिशान शराफुले २९ रन र अहमद राजाले अविजित २७ रन बनाए । अयान हफजल खानले २६ रन जोडे। नेपालका गुलसन झाले २ विकेट लिए भने सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए । यो जितसँगै युएईले तीन खेलको अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजमा १–० को अग्रता बनाएको छ । दुई टोलीबीचको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल सोही मैदानमा नोभेम्बर १६ मा हुनेछ । #worldwidekhabar
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400