पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर २० गते हुने निर्वाचन नेपाली राजनीतिमा टर्निङ प्वाइन्ट हुने बताएका छन् । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका चौपट्टामा आज चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्षले सो कुरा बताएका हुन् । सत्तारुढ गठबन्धनलाई भोट दिन जनतालाई अपिल गर्दै नेता प्रचण्डले सत्तारुढ पाँच दलको गठबन्धनलाई पचपाण्डव र तत्कालीन संसदको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) नेतृत्वको गठबन्धनलाई कौरवको संज्ञा दिए । उनले सत्तारुढ गठबन्धनभित्र केही चुनौति रहे पनि गठबन्धनको विकल्प नभएको संकेत गरे । मंसिर २० गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवारका रुपमा पश्चिम नवलपरासी क्षेत्र नं १ बाट अर्बपति विनोद चौधरी प्रतिस्पर्धा गर्दैछन् । नेकपा (एमाले)को समर्थनमा जनता प्रगतशील पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री हृदयेश त्रिपाठी पनि चौधरीको प्रतिष्पर्धाका रूपमा सोही क्षेत्रबाट उम्मेदवार छन् । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन मंसिर २० गते हुने भएको छ । #worldwidekhabar
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400