नेपाल र पाकिस्तानबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल भोलि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने खेल साँझ ५ बजे सुरु हुनेछ । फिफाको निलम्बनबाट मुक्त भएर पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न नेपाल आइपुगेको भ्रमण टोली पाकिस्तान खेलको पूर्वसन्ध्यामा राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्रवेश कटुवालले छोटो समयमै राम्रो टोली तयार भएको र भोलिको खेलमा जित खोज्ने बताए । नेपाल र पाकिस्तानले अहिलेसम्म १६ खेल खेलिसकेका छन् । नेपालले पछिल्लो पटक २०१८ मा पाकिस्तानसँग खेलेको थियो ।साफ च्याम्पियनसिपअन्तर्गत बंगलादेशको ढाकामा भएको खेलमा नेपाल १–२ ले पराजित भएको थियो । त्यसैगरी राष्ट्रिय टोलीका कप्तान रोहित चन्दले कडा प्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध आफ्नो टोलीले जित निकाल्ने विश्वास व्यक्त गरेका छन् । पाकिस्तानी कप्तान हसन बसिरले नेपालविरुद्धको खेलमा आफू सकारात्मक रहेको बताउँदै आफ्नो टोलीले राम्रो प्रदर्शन गर्ने बताए । दशरथ रंगशालामा हुने नेपालको यो ५०औँ खेल हुनेछ । #worldwidekhabar
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400