सुनसरी निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभाका लागि वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डा. ४ र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चुनावी प्रचारका क्रममा जनतासँग गरेका प्रतिबद्धता पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबार सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिकामा चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री कार्कीले आफूले गर्न सक्ने वाचा मात्रै गर्ने बताउँदै इमान्दारिता र निष्ठाको राजनीतिमा विश्वास गर्ने भएकाले ठूला–ठूला वाचासँग कुनै सरोकार नभएको बताए । सो अवसरमा उहाँले झूटा वाचा गर्नेभन्दा पनि प्रतिबद्धता पूरा गर्न सक्ने उम्मेदवारलाई भोट हाल्न मतदातालाई आग्रह गर्नुभयो । शिक्षा, कृषि, भौतिक पूर्वाधार र सडक सञ्जालमा रुपान्तरणसँगै सुनसरी जिल्लाको दिगो विकास र समृद्धिको सुनिश्चितताका लागि वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन मतदातालाई मन्त्री कार्कीले आग्रह गरे । #worldwidekhabar
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400