प्रधानमन्त्री देउब दलेलधुरा, अच्छ, बैतडीमा चुनावी सभालाई सम्बोधन गर्दै

0
107
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज नेपाल आउँदैछन् । प्रधानमन्त्री देउवाले डडेल्धुरा, बैतडी र अछाममा सत्तारुढ दलको चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवाले विहान ११ः३० बजे अजयमेरु गाउँपालिकाको देवलमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस डडेल्धुरा जिल्ला कमिटीका सचिव हेमराज चटौतले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले बैतडी र अछाम जिल्लामा हुन लागेको निर्वाचन कार्यक्रमलाई पनि सम्बोधन गर्दैछन् ।

यसअघि प्रधानमन्त्री देउवाले मङ्सिर ३ गतेदेखि चार दिन यहाँ बसेर जिल्लाका सात नगरपालिकामा चुनावी सभालाई सम्बोधन गरेका थिए ।मंसिर २० गते हुने प्रतिनिधिसभाको निर्वाचनमा देउवासहित डडेल्धुरामा आठजना उम्मेदवार छन् ।

देउवा २०४८ सालदेखि डडेल्धुराबाट प्रतिनिधिसभाको निर्वाचन जित्दै आएका छन् ।

त्यसैगरी देउवाले शिवनाथ गाउँपालिकाको सुल्लेखानमा चुनावी सभालाई सम्बोधन गर्दैछन् ।

नेपाली कांग्रेस बैतडी जिल्ला कमिटीका अध्यक्ष चतुरबहादुर चन्दले वाम लोकतान्त्रिक गठबन्धनले आयोजना गर्ने चुनावी सभाको सम्पूर्ण तयारी पूरा भएको बताए ।

बैतडीमा नेकपा (माओवादी केन्द्र)का नरेन्द्रबहादुर कुँवर प्रदेशसभा सदस्यमा उम्मेदवार छन् भने कांग्रेसका वीरबहादुर विष्ट र शिवराज भट्ट प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धामा छन् ।

#worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here