नेपाल बैंक लिमिटेडले ८६ औं वार्षिकोत्सव मनाएको छ

0
118
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले बुधबार आफ्नो ८६ औं वार्षिकोत्सव मनाउँदै छ ।

बैंकले यस अवसरमा रक्तदान, ब्याडमिन्टन प्रतियोगिता लगायत विभिन्न खेलकुद तथा सामाजिक कार्यक्रमको आयोजना गरेको छ ।

बैंकको प्रधान कार्यालय न्यूरोड, काठमाडौंमा आयोजित रक्तदान कार्यक्रममा १०५ जनाले रक्तदान गरेका थिए । कार्यक्रमको डेपुटी सीईओ समता पन्तले उद्घाटन गरेका थिए जहाँ बैंकका पदाधिकारी, कर्मचारी, ग्राहक तथा सर्वसाधारणले रक्तदान गरेका थिए ।

त्यसैगरी बैंकका काठमाडौं उपत्यकाका शाखाहरुबीच मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । पुरुष एकलमा विष्णुहरि न्यौपानेले उपाधि जितेका छन् भने महिला एकलमा रुपा महर्जनले उपाधि जितेका छन् ।

त्यसैगरी पुरुष युगलमा बाबुरत्न महर्जन र मनोज महर्जनको टोली तथा महिला युगलमा रूपा महर्जन र सबिना थापाको टोली विजयी भएका छन् ।

बैंकका देशभर २२६ शाखा, १९९ एटिएम र ५० एक्सटेन्सन काउन्टर रहेका छन् ।

यसले लगभग 2.3 मिलियन ग्राहकहरूलाई सेवा दिइरहेको छ।

नेपाल बैंक लिमिटेडको स्थापना सन् १९३७ मा भएको हो ।

#worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here