बडीकेदार गाउँपालिका–५ अत्तरकाण्डमा जिप दुर्घटना हुँदा रिटर्निङ अधिकृत घाइते भएका छन् । बा २ ज २२३५ नम्बरको जीपमा पनि निर्वाचनसम्बन्धी सामग्री बोकेको थियो । दुर्घटनामा रिटर्निङ अधिकृत दिनेश रेखौला घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमालले जानकारी दिए । सिलगढीबाट मरकाटे मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको हो । जीपमा ११ जना सवार थिए । ब्रेक नहुँदा दुर्घटना भएको हो । #worldwidekhabar
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400