नागरिक लगानी कोषका कार्यकारी निर्देशक नेपाल लक्ष्मी बैंकको अध्यक्षमा नियुक्त

0
236

लक्ष्मी बैंकको अध्यक्षमा नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपाल चयन भएका छन्। आज बसेको सञ्चालक समितिले नेपाललाई बैंकको अध्यक्ष चयन गरेको हो।

नागरिक लगानी कोषको प्रतिनिधिको रुपमा उनी लक्ष्मी बैंकको सञ्चालक समितिमा थिए। सञ्चालक समतिले आजदेखि उनलाई अध्यक्षको समेत जिम्मेवारी दिएको हो।

उनलाई आजै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शपथ समेत गराएका छन्।

मोरङ स्थायी घर भएका अध्यक्ष नेपालले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र पोखरा विश्वविद्यालयबाट अंग्रेजीमा एमफिलसम्मको अध्ययन गरेका छन्।

नेपाल राष्ट्र बैंकबाट ३० वर्षे सेवापछि निर्देशक पदबाट अवकाश पाएका थिए। त्यसपछि उनी नागरिक लगानी कोषमा कार्यरत छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here