भारतीय राजदूतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रले बुढानीलकण्ठ मन्दिरको एक पूज्य स्थलमा २०७९ मङ्सीर ०६ गते ‘स्वर नारायण’ कार्यक्रमको आयोजना गर्यो ।
बुढानीलकण्ठ मन्दिरसँगको सहकार्यमा यो साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । शास्त्रीय राग ‘शुद्ध सारङ्ग’ को प्रस्तुतिसँगै कार्यक्रमको सुरुवात भयो ।
तत्पश्चात कार्यक्रममा भगवान विष्णु र वहाँका अवतारहरु भगवान कृष्ण र रामका भजनहरु प्रस्तुत गरियो । मीराबाई, तुलसीदास जस्ता प्रसिद्ध सन्तद्वारा रचित प्रख्यात भजनहरु कार्यक्रममा प्रस्तुत गरियो । कार्यक्रममा १०० जनाभन्दा बढीको उपस्थिति थियो ।
यो कार्यक्रम सङ्गीत शिक्षक डा. आशिष सन्त तथा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका कलाकारहरुको नेतृत्वमा सम्पन्न गरियो । कार्यक्रममा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका विद्यार्थीहरुको समेत सहभागीता रहेको थियो।
Photos












- ‘एपी ब्यूटी सलुन’द्वारा विस्तारको योजना सहित अगाडि बढ्ने घोषणा
- “मिस्टर एण्ड मिस ग्रेस टिन विराटनगर” को ग्राण्ड फिनाले सम्पन्न
- वियोगको स्वर’मुनामदन (भेट हुने कहिले)’आधुनिक भाव र परम्पराको संगम
- ‘मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२५’ को तयारी अन्तिम चरणमा,ग्राण्ड फिनाले श्रावण १० गते
- अनुभव, स्मारिका र सुस्लिनाले जिते नेशनल किड्स एण्ड टिन्स सुपरस्टारको उपाधि

Raj Shrestha is a reporter, editor and journalist for worldwidemedianetwork. He has been working in this worldwide media network for the past three years.
#worldwidekhabar