सिन्धुलीमा ३ सय ८८ विद्यालय पुनर्निर्माण

0
71
भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत सिन्धुली जिल्लामा जम्मा ३ सय ८८ सामुदायिक विद्यालय निर्माण भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ (EDCU) सिन्धुलीले जिल्लामा २०७२ सालको भूकम्पबाट ध्वस्त भएका ५ सय ५१ विद्यालयमध्ये ३ सय ८८ विद्यालयको पुनर्निर्माण भएको जानकारी दिएको छ ।

जिल्लाका ५७५ विद्यालयमध्ये ५५१ विद्यालय भूकम्पबाट प्रभावित भएको ईडीसीयूले जनाएको छ । क्षतिग्रस्त विद्यालयमध्ये अहिले सात विद्यालय ठेक्कामा निर्माण भइरहेका छन् ।

त्यसमध्ये विद्यालय व्यवस्थापन समितिमार्फत ३०३, निर्माण कम्पनीमार्फत ४८ र गैरसरकारी संस्थामार्फत ३७ वटा विद्यालय निर्माण भएको ईडीसीयू सिन्धुलीका प्रमुख निर्मलकुमार घिमिरेले जानकारी दिनुभयो ।

उनले भूकम्प प्रभावित बाँकी १६३ विद्यालय राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाईमा नपरेकाले निर्माण हुन नसकेको बताए ।

जिल्लाका भूकम्प प्रभावित विद्यालयको पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) को म्याद सकिएपछि बाँकी भूकम्प प्रभावित विद्यालयको पुनर्निर्माण हुने हो कि छैन भन्ने यकिन नभएको ईडीसीयू कार्यालयले जनाएको छ ।

भूकम्पले क्षति पु¥याएका विद्यालयमध्ये केही पुनर्निर्माण गर्नुपर्ने र कतिपयलाई मर्मत गर्नुपर्ने अवस्था छ । हालसम्म रु. जिल्लाका भूकम्पबाट क्षति भएका विद्यालयको पुनर्निर्माणका लागि २ अर्ब ६६ करोड रुपैयाँ खर्च भएको छ । भत्किएका विद्यालयमध्ये एसियाली विकास बैंकले २६ वटा विद्यालयलाई रु. 8.34 लाख, 37 विद्यालयहरू अन्तर्राष्ट्रिय गैर-सरकारी संस्थाहरूले र बाँकी सरकारको सहयोगमा पुनर्निर्माण गरेका थिए। भूकम्पबाट प्रभावित सुनकोसी गाउँपालिका–२ स्थित प्रगतिशील माविमा अहिले नयाँ भवन बनेको छ ।

एडीबीले २५ महिनाको अवधिमा निर्माण गरेका दुई तीन तले भवनमा २१ वटा कोठा रहेको फिक्कलस्थित विद्यालयका प्रधानाध्यापक चक्रबहादुर श्रेष्ठले जानकारी दिए ।

नवनिर्मित विद्यालयहरूमा आवश्यक सबै सुविधाहरू उपलब्ध छन्।

फिक्कल गाउँपालिका–२ पोखरीको सुन्तलेमा रहेको उच्च माध्यमिक विद्यालय पनि पुनर्निर्माणपछि नयाँ रुप पाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here