जगदम्बा इन्डस्ट्रीजको ४८ मेगावाट बिजुली छ

0
52
बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा इन्टरप्राइजेजमा नेपाल विद्युत् प्राधिकरणको विद्युत् आपूर्ति प्रणाली जोडिएपछि अब करिब ४८ मेगावाट विद्युत् प्राप्त हुनेछ ।

फलाम तथा स्टिल उत्पादन गर्ने उद्योगको क्षमता विस्तारका लागि प्राधिकरणबाट थप ४४ मेगावाट विद्युत् उपलब्ध गराउने भएको छ ।

प्राधिकरणका अनुसार उद्योगले अहिले करिब ४ मेगावाट विद्युत् आपूर्ति गरिरहेको छ ।

प्राधिकरणले परवानीपुरको १३२ केभी सबस्टेसनबाट ६६ केभी प्रसारण लाइनमार्फत उद्योगलाई थप विद्युत् आपूर्ति गर्ने भएको छ ।

औद्योगिक परिसरमा जडान गरिएको ६६/११ केभी, ५० एमभीए क्षमताको ट्रान्सफर्मरको परीक्षण गरी बिहीबारदेखि सञ्चालनमा आएको हो ।

उद्योगले आफ्नै खर्चमा आफ्नो परिसरमा ६६ केभीको स्विचयार्ड बनाएको छ । प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा स्विचयार्डको परीक्षण गरी बिहीबार सञ्चालनमा ल्याइएको हो ।

यससँगै जगदम्बा इन्टरप्राइजेज सबैभन्दा बढी विद्युत् उपभोक्ता बनेको प्राधिकरणको सिमरा वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले बताए ।

‘अहिले उद्योगले ४ दशमलव ८ एमभीको लोड लिइरहेको छ, थप ४४ एमभीए लोड दिन लाइन र ट्रान्सफर्मरको परीक्षण सकिएको छ, स्वीकृत लोडअनुसार क्रमशः थप विद्युत् आपूर्ति सुरु गरिएको छ’, उनले भने ।

स्वीकृत लोडअनुसार विद्युत् लिने हो भने उद्योगले मासिक रु २० करोडभन्दा बढी महसुल तिर्ने छन् ।

प्राधिकरणले विद्युत्को आन्तरिक खपत बढाउन र आपूर्ति प्रणालीलाई भरपर्दो बनाउन प्रसारण र वितरण लाइन सुधार गर्ने काम गरिरहेको छ ।

WorldWide Khabar


Home » Sample Page » जगदम्बा इन्डस्ट्रीजको ४८ मेगावाट बिजुली छ
Read more

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here