अभिनेत्री सारा फिचर्ड गीति भिडियो ‘सुकुटी’ सार्वजनिक(भिडियो)

0
632

कोभिड-१९ को महामारीले देश लकडाउनमा पर्दा यसको प्रत्यक्ष प्रभाव सांगितिक क्षेत्रमा पनि परिरहेको छ । दिनहुँजसो दर्जनौं भिडियो छायांकनमा व्यस्त हुने कलाकारहरु, रेकर्डिङमा व्यस्त हुने गायिक-गायिका, संगीतकारहरु यतिबेला घरमा खुम्चिएका छन् । तर निर्माण सम्पन्न भइसकेका भिडियोहरु भने रिलिजको क्रममा छन् ।

यो बीचमा अभिनेत्री सारा सिर्पाली फिचर्ड गीति भिडियो ‘सुकुटी’ रिलिज भएको छ । बिहिबार युट्युव रिलिज गरिएको गीतमा सारासँगै सुमन बस्नेत र वसन्त अधिकारी फिचर्ड छन् । भव्य सेट लगाएर छायांकन गरिएको भिडियोमा चितवनको थारु समुदायको सांस्कृतिक बिम्ब झल्काउन खोजिएको छ ।

सार्वजनिक डान्सिङ नम्बरमा स्वर प्रमोद खरेल र सृष्टि हिङमाङको छ भने संगीत गौरव दर्पणले भरेका छन् । एरेञ्जको काम नोर्वु शेर्पाले गरेका छन् । भिडियोलाई शिशिर खातीले निर्देशन गरेका हुन् भने छायांकन संकल भुजेलको छ । वनिष शाहले सम्पादन गरेको भिडियोमा कोरियोग्राफी आर्जु बैजुको छ । सुवास बस्नेत भिडियोको निर्माता छन् ।

https://youtube.com/watch?v=efVbN3Qj2dQ%3Ffeature%3Doembed

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here