विगत बाह्र वर्ष देखि “Western Classical Guitar” बजाउन सुरु गरेका रबिन्द्रले आधा दर्जन जति गीत रचना गरिसकेका छन्। रविन्द्र पौड्याल त्रिबि शिक्षण अस्पतालको Emergency laboratory unit मा कार्यरत प्राविधिक कर्मचारी हुन् । संगीतमा उनले “Trinity college London” बाट “Western classical guitar” मा Grade Eight तह को अध्ययन पूरा गरेका छन्।
हालसालै ‘यो मन दिएँ‘ गीत सुबानी मोक्तानको आवाजमा रबिन्द्रको शब्द र संगीतमा सार्वजनिक भएको छ। जुन गीतको भिडियोको कुशल निर्देशन ‘सोनाम पाख्रिन’ले गरेका छन् भने कलाकारहरु संचिता लुईटेल, डा.सुभाष आचार्य, आशा भारती, जयराम बर्माको अभिनय रहेको छ। यस गीतको संगीत संयोजन वरिष्ठ गीतार वादक तथा संगीत संयोजक गोपाल रसाइलीले गर्नुभएको छ।
यो गीत OSR Digital युट्यब च्यानल मार्फत सार्वजनिक गरिएको छ।