रगत अभाव भएपछि लायन्स क्लब अफ काठमाडौं शुभद्धारा रक्तदान

0
373

कोरोना सँक्रमणसँगै विरामी बढेपछि अहिले मुलुक भरका अस्पतालमा बिरामीको लागि रगतको अभाव छ । सोही कारण विभिन्न सामाजिक संस्थाहरुले अहिले रक्तदान कार्यक्रमलाई महत्व दिएका छन् । यसै क्रममा लायन्स क्लब अफ काठमाडौं शुभले शनिबार अपरान्ह काठमाडौंको सामाखुसीमा रक्तदान कार्यक्रम आयोजना गर्यो ।
लायन्स क्लब अफ काठमाडौं शुभका अध्यक्ष फिट्नेश इन्टक्टर, मोडल प्रकाश शाहको अध्यक्षतामा सो रक्तदान कार्यक्रम सम्पन्न भयो । कोरोना बिरुद्धा पूर्ण रुपमा सचेतना अपनाउँदै सामाजिक दुरी कायम गरेर कार्यक्रममा रक्तदान गरिएको थियो ।
सो क्रममा ४८ जनाले रक्तदान गरेका छन् । काठमाडौंमा रगतको अभाव भएर रेडक्रसबाट रक्तदानको लागि अनुरोध आएपछि आफुहरुले छोटो तयारीमै निषेधाज्ञाको बिचमा पनि रक्तदान कार्यक्रम राख्नु परेको अध्यक्ष प्रकाश शाहले बताए ।
लायन्स क्लब डिस्ट्रिक गभर्नर मनबहादुर रोकायको प्रमुख आतिथ्यमा भएको सो रक्तदान कार्यक्रमको संयोजन लायन्स क्बल रक्तसञ्चार विभाग प्रमुख लायन शिबराम गौतमको सक्रिय सहयोगमा सम्पन्न भएको थियो ।
यस्तै लायन्स क्लब अफ काठमाडौं सगुनका क्लस्टर चिफ सुधा थापा, एलसिआईएफ एरिया लिडर बालकृष्ण बुर्लाकोटीलगायतले रक्तदान कार्यक्रमलाई सम्पन्न गर्न सहयोग पुर्याएको पनि आयोजक संस्थाका अध्यक्ष प्रकाश शाहले जानकारी गराए । कार्यक्रममा कोरियोग्राफर माईकल चन्दसहित विभिन्न कलाकार तथा मोडलहरु सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here