प्रधानमन्त्री शेरबहादुर देउवासँग जनता पार्टीका अध्यक्ष डा सिके राउतले आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेका छन् । उनीहरुले आगामी दिनमा सँगै काम गर्ने विषयमा छलफल गरेका छन् । प्रधानमन्त्री देउवाको सचिवालयले सो जानकारी दिएको हो । तराई/मधेसमा नयाँ राजनीतिक शक्तिका रूपमा उभिएको जनता पार्टी सत्तारुढ गठबन्धनसँग मिलेर काम गर्न इच्छुक रहेको बुझिएको छ । यसअघि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा राउतबीच भेटवार्ता भएको थियो । सप्तरी क्षेत्र नं २ बाट उपेन्द्र यादवलाई पराजित गर्दै डा राउत प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । राउतले ३५ हजार ४२ मत पाएका छन् । मंसिर २० गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको समानुपातिकतर्फ पार्टीले अहिलेसम्म ३ लाख ९४ हजार २७६ मत प्राप्त गरेको छ ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400