कतारमा जारी फिफा विश्वकप फुटबल च्याम्पियनसिपको नकआउट चरणमा अर्जेन्टिना र पोल्याण्डले स्थान सुरक्षित गरेका छन् । गएराति भएको खेलमा अर्जेन्टिना पोल्याण्डलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो । समूह ‘सी’ को अन्तिम खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २–० ले हराएको हो । अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले एक एक गोल गरे यो जितसँगै अर्जेन्टिना समूह ‘सी’ को विजेता बनेको छ । पोल्याण्ड पनि समूहको उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । त्यस्तै, गएराति अर्को रंगशालामा भएको खेलमा मेक्सिकोले साउदी अरबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । समूह ‘सी’ बाट मेक्सिको र साउदी अरब विश्वकपबाट बाहिरिएका छन् ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400