कतारमा जारी फिफा विश्वकप फुटबल–२०२२ मा फ्रान्स समूह ‘डी’ बाट समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । 2018 को विश्वकप विजेता फ्रान्स समूह विजेता बनेको छ र हिजो राति भएको समूह चरणको अन्तिम र निर्णायक खेल जित्न नसके पनि नकआउट राउण्डमा आफ्नो स्थान सुरक्षित गरेको छ। कतारको एजुकेशन सिटी स्टेडियममा भएको खेलमा ट्युनिसियाले फ्रान्सलाई १–० ले हराएको हो । खेलको दोस्रो हाफमा ट्युनिसियाले अग्रता लिएको थियो । खेलको ५८ औं मिनेटमा ट्युनिसियाका कप्तान वहाबी खजरीले गोल गरेका थिए । जितपछि पनि ट्युनिसिया नकआउट चरणमा पुग्न सकेन । त्यस्तै, अष्ट्रेलियाले डेनमार्कलाई १–० ले हराउँदै नक–अवर चरणमा प्रवेश गरेको छ । कतारको उल जुनब रंगशालामा गएराति भएको खेलमा अष्ट्रेलियाले डेनमार्कलाई १–० ले हराएको हो । अष्ट्रेलियाका फुटबलर म्याथ्यु लेकीले खेलको ६१ औं मिनेटमा गोल गर्दै राउन्ड अफ १६ मा पुगेका थिए । समूह ‘डी’ बाट फ्रान्स र अष्ट्रेलियाले नकआउट चरणमा स्थान पक्का गरेका छन् । दुवै टोलीले दुई जित र एक हारसँगै ६ अंक जोडेका छन् । गोल अन्तरका आधारमा फ्रान्स समूह विजेता बनेको छ । योसँगै ट्युनिसिया चार अंक जोड्दै समूहको तेस्रो स्थानमा सीमित भएको छ । डेनमार्कले मात्र एक अंक जोडेको छ र विश्वकपबाट बाहिरिएको छ ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400