जिल्लामा यस वर्ष वार्षिक धान उत्पादन बढेको छ । यस वर्ष जिल्लामा ११ हजार ४८६ मेट्रिक टन धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र भरतपुरले जनाएको छ । यस वर्ष २२ हजार ९७२ हेक्टर क्षेत्रफलमा कुल ९६ हजार ४८२ मेट्रिक टन धान उत्पादन भएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा सोही क्षेत्रफलमा ८४ हजार ९९६ मेट्रिक टन धान उत्पादन भएको केन्द्रका सूचना अधिकारी मीनबहादुर पुनले जानकारी दिए । गत वर्ष प्रतिहेक्टर ३.७ मेट्रिक टन धान उत्पादन भएको थियो, जुन यस वर्ष ४.२ प्रतिशतले बढेर ३.७९ पुगेको छ । रोगको प्रकोप न्यूनीकरण र कृषकमा सचेतना, धान प्रवद्र्धन कार्यक्रम र कृषकले रासायनिक मलको अभावमा वैकल्पिक माध्यमबाट मल व्यवस्थापन गरेकाले उत्पादन बढेको केन्द्रले जनाएको छ । जिल्लाभर धान खेती भएपनि पूर्वी चितवन, पश्चिम चितवन र माडीलाई धान खेतीका लागि पकेट क्षेत्र मानिन्छ । चितवनमा सवा मनसुली, बार, सावित्री, मोती, गोरखनाथ, जिरामसिनो जस्ता विभिन्न जातका धान खेती गरिन्छ ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400