यस वर्ष बारामा तिलबीन खेती बढेको छ । जिल्लाका किसानले १० हजार तीन सय हेक्टर क्षेत्रफलमा तिलहन खेती गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्ष १० हजार २७० मा तिलहन खेती भएको थियो । केही वर्षयता तिलहन बालीको उत्पादकत्व प्रति हेक्टर एक मेट्रिक टन रहेको केन्द्रका प्रमुख जितेन्द्र यादवले बताए । आर्थिक वर्ष २०७२/७३ मा उत्पादकत्व १ दशमलव १० मेट्रिक टन प्रति हेक्टर थियो । त्यसैगरी २०७३ देखि २०७७ सालसम्म किसानले ११ हजारदेखि १२ हजार हेक्टर क्षेत्रफलमा तिलहन खेती गरेका थिए । गुणस्तरीय बीउ नहुँदा उत्पादकत्वमा ह्रास आएको, कृषक घरमै रहेको बीउ प्रयोग गर्न बाध्य भएका, आवश्यकताअनुसार मल प्रयोग नगर्ने यादवले बताए ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400