पोर्चुगल कतारमा जारी फिफा विश्वकप–२०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । कतारको लुसेल रंगशालामा आज बिहान भएको प्रि–क्वार्टरफाइनलको अन्तिम खेलमा पोर्चुगलले स्वीट्जरल्याण्डलाई ६–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । पोर्चुगलका लागि गोन्कालो रामोसले ह्याट्रिक गरे । उनले प्रतियोगिताको १७ औं, ५१ र ६७ औं मिनेटमा गोल गरेका थिए । त्यसैगरी ३३औं मिनेटमा पेपेले स्ट्रोक, ५५औं मिनेटमा राफेल गुरेइरो र अतिरिक्त समयमा राफेल लिओले गोल गरेका थिए । स्वीट्जरल्याण्डका लागि ५८ औं मिनेटमा म्यानुअल अकान्जीले गोल गरेका थिए । विश्वकपको क्वार्टरफाइनल खेलमा पोर्चुगलले मोरक्कोसँग खेल्नेछ ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400