गीतकार तथा समाजसेवी यशु थापाको ‘आगमन’ सार्वजनिक(भिडियो सहित)

0
572

कोभिड-१९ को महामारीले देश लकडाउनमा पर्दा यसको प्रत्यक्ष अप्रत्यक्ष रुपमा पनि सांगितिक क्षेत्रमा पनि प्रभाव परिरहेको छ । दिनहुँजसो दर्जनौं भिडियो छायांकनमा व्यस्त हुने कलाकारहरु, रेकर्डिङमा व्यस्त हुने गायक,गायिका, संगीतकारहरु यतिबेला घरमा खुम्चिएका छन् । तर निर्माण सम्पन्न भइसकेका म्युजिक भिडियोहरु भने रिलिजको क्रममा छन् ।

यो बीचमा अमिर शेक र जयतोसना योगि अभिनित म्युजिक भिडियो ‘आगमन’ रिलिज भएको छ । मङगलबार युट्युवमा म्युजिक भिडियो ‘आगमन’ रिलिज गरिएको हो ।
सार्वजनिक म्युजिक भिडियो ‘आगमन’ मा स्वर भने राज सागरको रहेको छ भने संगीत गौरव दर्पणले भरेका छन् । यस म्युजिक भिडियो ‘आगमन’ को लिरिक्स भने गीतकार यसु थापाले लेखेकी हुन । एरेञ्जको काम रिकेश गुरुङ गरेका छन् । भिडियोलाई अमिर शेकले निर्देशन गरेका हुन् भने छायांकन रुपेश थापाको छ ।

दिन दुखीहरुको सेवामा निकै तल्लिन भएर लाग्दै आएकी समाजसेवी यसु थापा(यशोदा)को शव्द रचनामा तयार गीत उनको आफ्नै युट्यूब च्यानल यसु थापाबाट सार्वजनिक भएको छ । गीत रचनामा राष्ट्रिय अन्तराष्ट्रिय अवार्ड जित्न सफल यशुको रचनामा थुप्रै गायक गायिकाले स्वर दिएका छन ।

https://www.youtube.com/embed/7cODr_bdURc?feature=oembed

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here