राज मेकअप स्टुडियोको चाडपर्व लक्षित स्पेशल कोर्ष,२५ प्रतिशत छुटको घोषणा

0
649

देश कोरोनाले अस्त व्यस्त छ, कोरोना भाईरस संक्रमण रोकथामका लागी भनी सरकारले निषेधाज्ञा जारी गरेको पनि लामै समय भैसकेको छ, यदपि संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । नागरिकको जिवनस्तरमा निकै ठूलो असर परेको छ । दैनिक गुजारा गरेर खानेहरुको अवस्था निकै भयावह बनेको अवस्था छ । नजिकिदै गरेको चाडपर्वमा यसले झन कस्तो असर पार्ने हो हामी सहजै अनुमान लगाउन सक्छौ ।

तथापी आफ्नो पेशा गरेर खाने व्यबसायीको अवस्था पनि त्यतिकै डरलाग्दो अवस्था बनेकै छ । यसको असर सौन्दर्य व्यबसायीहरुलाई त झनै सोझै देखिन्छ , अन्य व्यबसायले सामान्य कारोवार गर्ने स्थिती भए पनि सरकारले सौन्दर्य व्यबसायलाई संचालन गर्ने अनुमति दिएको छैन । तर पनि केहि यस पेशामा सक्रिय सौन्दर्य व्यबसायी मेक सम्बन्धि ज्ञान लिन ईच्छुकहरुलाई सहज वातावरण बनेपछि तालिम प्रदान गर्ने उद्देश्यले केहि व्यबसायीहरु प्रर्वद्धिन योजनाहरु लिएर आएका छन ।

यसैको मेलोमा बानेश्वर स्थित राज मेक अप स्टुडियोले मेक अप सम्बन्धि विभिन्न कोर्षहरुमा २५ प्रतिशत छुटको घोषणा गरेको छ । ८ वर्ष अगाडी स्थापना भएको राज मेक अप स्टुडियोले नजिकिदै गरेको चाडपर्वको अवसरमा मेक अप आर्टिष्ट तथा व्यूटिसिएनमा भविष्य निर्माणको सपना देख्ने युवा युवती तथा गृहणीका लागी आकर्षक छुट सहित नयां एवं उपयोगी कोर्षहरु संचालन गर्न लागेको छ ।
विश्व विख्यात ब्राण्ड नेदरल्याण्डसको मेक अप स्टुडियो भारतको दिल्लीमा लामो समय अध्ययन गरेर आफुले सिकेका सिपहरु, उपयोगी मेकअप टिप्स स्वदेशमा नै जानकारी एवं प्रशिक्षण गराउने उद्देश्य लिएर सन् २०१२ मा राज मेक अप स्टुडियो संचालन गरि हाल सम्म हजारौ प्रशिक्षार्थीहरुलाई पूर्ण सफल व्यबसायी बनाउन सफल मेक अप ट्रेनर तथा मेकअप आर्टिष्ट टेक राज पाण्डेले संचालन गरेको मेक अप स्टुडियोले स्थापनाकाल देखी नै विविध तालिमका साथमा हजारौ सन्तुष्ट ग्राहकहरुको समेत सेवा गर्दै आईरहेको छ ।

एसईई परिक्षा दिएर फुर्सदको समयमा बसेका विद्यार्थीहरुलाई स्पेशल छुट सहित छोटो समयको महत्वपूर्ण प्रभावकारी कोर्षहरुको लागी समेत धमाधम भर्ना लिएको स्टुडियोका अध्यक्ष टेक राज पाण्डेले जानकारी दिए । प्रशिक्षार्थीहरुलाई नयां नयां टिप्स दिनुका साथै विशेष गरि ईभेन्टको माध्यमबाट प्राक्टिकल तालीमलाई बढी प्राथमिकता दिदै आएको छ । हाल बेसीक लेभल, एडभान्स लेभल ,स्पेशल एडभान्स, मास्टर कोर्ष, डिप्लोमा मेक अप आर्टिष्ट कोर्ष, फिल्म मेक अप आर्टिष्ट कोर्ष लगायत बहु उपयोगी कोर्षहरु संचालन गर्दै आईरहेको राज मेक अप स्टुडियोले ग्राहक सेवामा समेत उत्कृष्ट सेवा दिदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here