काठमाडौं महानगरपालिका–२६ गोंगबुबाट काठमाडौं प्रहरीले ७३१ राहदानीसहित तीन जनालाई पक्राउ गरेको छ । गोंगबु प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले गोंगबुका दुई होटलबाट पक्राउ गरी उनीहरुको पासपोर्ट बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा कञ्चनपुर बेतकोट नगरपालिका–३ का ४८ वर्षीय लोकजंग खड्का रहेका छन् । उनी हाल काठमाडौंको टोखा नगरपालिका–९ मा बस्दै आएका थिए । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस्तै, प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ हजार ४ सय साउदी रियालसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका धनुषाका एमडी नजिमलाई विमानस्थलमा सुरक्षा जाँचका क्रममा पक्राउ गरिएको हो । उनी कतार एयरवेजको विमानमा दोहा हुँदै साउदी अरब जान लागेका थिए । बरामद गरिएको रकममा साउदी रियाल ५०० दरका २४ वटा र २०० साउदी रियालका १२ वटा नोट रहेका छन् । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400