विश्व बैंकले बजेट सहयोग बढाउन आग्रह गरेको छ

0
24

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विश्व बैंकलाई बजेट सहायता बढाउन आग्रह गरेका छन् ।

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि कन्ट्री डाइरेक्टर फारिस हदाद–जेर्भोस समेत रहेको प्रतिनिधिमण्डलसँग शुक्रबार भएको औपचारिक भेटमा अर्थमन्त्री पौडेलले नेपाललाई बजेट सहयोग बढाउन आग्रह गरे ।

मन्त्री पौडेलले चालु आर्थिक वर्षमा विश्व बैंकबाट बजेट सहायता उपलब्ध गराउने गरी स्रोत प्रत्याभूति भएका योजना तथा कार्यक्रमहरूको आवश्यक तयारी पूरा गर्न मन्त्रालयको तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्रालयका अनुसार आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न सरकारले प्रतिबद्धता व्यक्त गरेको छ ।

“विश्व बैंकको लगानीमा निर्माण भएका आयोजनाहरूको कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ। कमजोरीलाई सम्बोधन गर्न पर्याप्त जोड दिइएको छ,” अर्थमन्त्रीले विश्व बैंकलाई भने।

विश्व बैंकले विभिन्न क्षेत्रमा गरेको सहयोगको प्रशंसा गर्दै उपप्रधानमन्त्री पौडेलले माथिल्लो अरुण र ग्रामीण सडकलगायतका आयोजनालाई नेपालले प्राथमिकतामा राखेको विश्व बैंकको प्रतिनिधिमण्डललाई बताए ।

पौडेलले विश्व बैंकसँगको सम्बन्ध अझै प्रगाढ हुने र सहकार्यले नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे । “राजनीतिक नेतृत्वले आयोजनालाई सफल बनाउन सहयोग गर्नेछ।”

सो अवसरमा विश्व बैंकका कन्ट्री डाइरेक्टर फारिस हदाद–जर्भोसले अर्थमन्त्री पौडेलको कार्यशैलीबाट आफू परिचित र प्रभावित भएको बताउँदै विश्व बैंकबाट सञ्चालित आयोजनाले प्राथमिकता पाउने विश्वास व्यक्त गरे ।

उनले विश्व बैंकको सहयोगमा सञ्चालित आयोजनामा ​​देखिएका समस्या समाधानमा सहजीकरण गर्न उपप्रधानमन्त्री र अर्थमन्त्री पौडेललाई आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here