पोल्ट्री उद्योगलाई आत्मनिर्भर बनाउन सरकारको पूर्ण सहयोग : प्रधानमन्त्री

0
111
????? ????????? ?????????? ?????? ?????? ????? '???? ?? ??????? ?? ??? ????????' ???????? ????? ???????? ??????? ?????????? ????????????? ???????? ????? ??????? ? ?????? ? ????????? ????, ????
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिबी न्यूनीकरण गरी प्रोटिनलगायत पोषणका सबै स्रोतमा पहुँच सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आज आयोजना गरिएको ‘राइट टु प्रोटिन रन’ हाफ म्याराथनका विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रममा प्रधानमन्त्री दाहालले सरकारको अथक प्रयासका बाबजुद पनि नेपालमा पोषणका स्रोतबाट सर्वसाधारण वञ्चित रहेको बताए ।

कुपोषणका कारण कम तौल र बौनापन जस्ता स्वास्थ्य समस्याको सामना गर्नुपरेको उनले बताए ।

प्रधानमन्त्री दाहालले भने, “अङ्कित तथ्याङ्कअनुसार सन् २०१९ मा पाँच वर्षमुनिका ३२ प्रतिशत बालबालिका आफ्नो उमेरका हिसाबले निकै कम छन् । पोषणको अभावका यस्ता चुनौतीहरू झेल्नुपरेको तथ्य हामी सबैलाई थाहा छ । हाम्रो उमेर अनुसार गरिबीको रेखामुनि बस्ने समुदाय प्रायः बौनेपन र कुपोषणको समस्याबाट ग्रस्त पाइन्छ।"

प्रधानमन्त्री दाहालले जन्मेको पहिलो एक हजार दिनमा बालबालिकाले पाउनुपर्ने पोषणले सम्पूर्ण बालबालिकाको स्वास्थ्यमा असर पार्ने कुरामा नेपाल सरकार सचेत रहेको बताउँदै गर्भवती महिला र उनीहरुका नवजात शिशुको स्वास्थ्यमा सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले देशलाई मासुमा आत्मनिर्भर बनाउन सहयोग पु¥याउने र अण्डा र मासु उत्पादनबाट प्रोटिनको आपूर्तिमा योगदान पु¥याएकोमा पोल्ट्री उद्योगी तथा कृषकलाई धन्यवाद पनि दिए । बर्डफ्लुलगायत पशुपंक्षी रोगको समस्या, स्वावलम्बी बन्ने पोल्ट्री उद्योगका लागि कच्चा पदार्थ र औषधिको मूल्य बढेको भन्दै उनले सरकारको तर्फबाट पोल्ट्री उद्योगलाई थप सुदृढ गर्दै आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरे ।

नेपाली पशुचिकित्सकहरूको एकमात्र वैज्ञानिक र व्यावसायिक संस्था नेपाल भेटेरिनरी एसोसिएसनले प्रोटिनको अधिकार स्थापित गर्ने उद्देश्यले आयोजना गरेको हाफ म्याराथन सफल समापन भएकोमा प्रधानमन्त्री प्रचण्डले आयोजकलाई धन्यवाद दिनुभयो । प्रतियोगितामा नेपाल दाना उद्योग संघ र सम्बन्धित निकायको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here