पोखरामा गत माघ १ गते दुर्घटनाग्रस्त भएको एटीआर–७२ यति एयरलाइन्सको विमानको ब्ल्याक बक्स प्राविधिक विश्लेषणका लागि विमान निर्माता कम्पनीलाई फ्रान्स पठाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा विमान दुर्घटना छानबिन आयोगका सदस्य–सचिव बुद्धिसागर लामिछानेले विमानको ब्ल्याक बक्स विज्ञसहित फ्रान्स पठाइने जानकारी दिए । ब्ल्याकबक्स अर्को हप्ता फ्रान्समा विमान निर्माण कम्पनीलाई पठाइने र यसले दुर्घटनाको प्रभावकारी अनुसन्धानमा मद्दत गर्ने विश्वास गरिएको छ। दुर्घटनाको स्वतन्त्र विश्लेषणका लागि ब्ल्याक बक्स विमान निर्माता कम्पनीलाई पठाइने उनले बताए । विमान दुर्घटना अनुसन्धान आयोगको विज्ञ टोली पनि ब्ल्याक बक्ससहित फ्रान्स जानेछ । आयोगले हालसम्म दुर्घटनास्थलको स्थलगत अनुगमन, आवश्यक कागजात सङ्कलन र विज्ञहरूसँग छलफल गरेको छ । काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको कल साइन ९–एएनसी (एटीआर–७२–२१२) को विमान सेती खोलामा दुर्घटना हुँदा विमानमा रहेका चालक दलका सदस्यसहित ७२ जनामध्ये ७१ जनाको मृत्यु भएको थियो । विमानमा सवार थप एक जनाको शव भने फेला परेको छैन ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400